//

सङ्खुवासभामा जेसीबी पल्टिदा अपरेटरको घटनास्थलमै मृत्यु


 सङ्खुवासभामा बाटोको ट्र्याक खोल्ने क्रममा जेसीबी पल्टिएर अपरेटरको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मकालु गाउँपालिका -२ सेदुवास्थित कास्वा हाइड्रोपावरको बाटोको ट्र्याक खोल्ने क्रममा सोमबार बिहान जेसीबी पल्टिएको थियो। दुर्घटनामा सङ्खुवासभा मकालु गाउँपालिका वडा नम्बर २ सेदुवाका ३० वर्षीय सुरवीर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।


Previous Post Next Post