धादिङको नीलकण्ठ नगरपालिका–८, अमेरुवामा सौराज ट्रक र स्कुटर ठोक्किँदा तीनजना घाइते भएका छन्।
जिल्ला सदरमुकाम धादिङबेँसीबाट सल्यानटारतर्फ जाँदै गरेको बा४ख २७५९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००१–६८४६ नम्बरको स्कुटर एक-आपसमा ठोक्किँदा एकजना गम्भीरसहित तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए।