//

सिरहामा मदिरा तस्करको गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीका सईको मृत्यु


 सिरहामा मदिरा तस्करी गर्ने गिरोहको जिपको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नेपाल-भारत सीमाक्षेत्र बरियारपट्टी गाउँपालिका-१ कचनारीमा आइतबार बिहान मदिरा तस्करले सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको किचेर हत्या गरेको प्रहरीको भनाइ छ ।


Previous Post Next Post