मजदुरी गर्न २ वर्षअघि दोलखाबाट पोर्चुगल गएका श्रेष्ठको निसासिएर मृत्यु

 

दोलखाको शैलुङ गाउँपालिका- १ का ३१ वर्षीय राजन श्रेष्ठ दुई वर्षअघि पोर्चुगल गएका थिए ।

सामान्य परिवारका श्रेष्ठ मजदुरी गर्नका लागि त्यहाँ गएका थिए । तर, मजदुरी गरेर परिवारकाे आर्थिक स्थिति उकास्ने उनको सपना पूरा हुन सकेन । यही कार्तिक १६ गते कामबाट फर्किएर कोठामा कोइला बालेर सुतेका श्रेष्ठ सदाका लागि परिवार छाडेर गएका छन् ।  उनकाे निसासिएर मृत्यु भएकाे बताइएकाे छ ।


Previous Post Next Post