//

झापामा ट्रकको ठक्करबाट घाइते साइकल यात्री धितालको मृत्यु


 १९ दिनअघि ट्रकको ठक्करबाट घाइते भएका झापा कनकाई नगरपालिका–४ का ६१ वर्षीय टिकाराम धितालको उपचारका क्रममा मृत्यु भएको छ ।

गत कात्तिक ८ गते दिउँसो अन्दाजी १२ः४५ बजे कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको मधेस प्र०१–०० १ख ०३५४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गर्दा बाटो क्रस गर्दै गरेका साइकल यात्रीलाई धिताललाई ठक्कर दिएको थियो ।


Previous Post Next Post