तीन दिनअघि घरबाट बेपत्ता भएका झापा गाउँपालिका- ४ खयरवारी बस्ने ६५ वर्षीय गणेशबहादुर खत्री मृत फेला परेका छन् । आज बिहान झापा गाउँपालिका १ सुरुघुट्टुस्थित ठुलो माई खोलामा डुबेको अवस्थामा उनी मृत फेला परेका हुन् । गत कात्तिक २८ गते बुधवार बिहान ११ बजे खत्री घरबाट बेपता भएका थिए । आफन्तकोमा समेत खोजतलास गर्दा नभेटिएपछि उनको खोजीका लागि लागि प्रहरीलाई समेत जानकारी दिइएको थियो ।