//

गोठमा आगलागी हुँदा ६ वटा चौपाया मरे, १२ लाखको क्षति


 सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ । गएराति १०.५० बजे हरिपुरस्थित प्रमोद खेरवारको गोठमा आगलागी हुँदा गोठसहित ४ वटा टिनको छानो भएको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । आगलागीबाट तीन वटा गाई मरेको , दुई वटा २ घाइते भएको , ६ वटा बाख्रा खसी मरेको जनाइएको छ ।


Previous Post Next Post