सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा शुक्रबार राति मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुई जनाको मृत्य भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । मृतकहरू काका भतिजा हुन् ।