जाजरकोटमा छुट्टाछुट्टै दुई सवारी दुर्घटना हुँदा २२ जना घाइते


 जाजरकोटको छुट्टाछुट्टै स्थानमा दुईवटा सवारी दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। जिल्लाको नलगाड नगरपालिका र भेरी नगरपालिकामा सवारी दुर्घटना भएको हो। नलगाडमा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् भने भेरी नगरपालिका कुदुनजिकै फोर्स गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।


Previous Post Next Post