रसुवामा बिहीबार बिहान आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएको छ। जिल्लाको कालिका गाउँपालिका-१ ग्राङ तल्लो गाउँ बस्ने नेमा नुर्बु तामाङको घरमा विद्युत सर्ट भई बिहीबार बिहान लागेको आगो फैलिएर सोही ठाउँ बस्ने छिरीङ तेम्बा तामाङ र मान बहादुर तामाङको घर जलेर नष्ट भएको हो।