//

हेलिकप्टर कुर्दाकुर्दै बितिन् हुम्लाकी १३ दिने सुत्केरी RIP rip Rip

  हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ डोप्ककी नवप्रसूति २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ। 



अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनका दाजु कर्णबहादुर बुढाले जानकारी दिए।

कर्णबहादुरका अनुसार अन्शुले १३ दिनअघि, पुस १२ गते पालिकाकै मदना स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिएकी थिइन्।

प्रसूति अवस्थाबाट उनी तंग्रिँदै थिइन्।

‘१२ दिनसम्म उनको अवस्था ठीकठाकै थियो। परिवारले पनि राम्रो हेरचाह गरेको थियो। सोमबार बिहान उनको स्वास्थ्यावस्था अचानक बिग्रियो,’ मृतकका दाजु कर्णबहादुरले सेतोपाटीसँग भने।

अन्शुलाई सोमबार बिहान अचानक गाह्रो भएर छिटोछिटो सास फेर्न थालेको कर्णबहादुरले बताए।

Previous Post Next Post